Slide background
Slide background
Slide background

Social Audit Program

सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न

मानव बेचबिखनबाट प्रभावित स्वयंद्वारा संगठित तथा सञ्चालित शक्ति समुहको मिति २०७१ पौष १४ गते सामाजिक लेखा परिक्षण कार्यक्रम सिदार्थ फुड ल्याड, पुरानो बानेश्वरमा सम्पम्न भएको छ । शक्ति समूह मानव बेचबिखनबाट प्रभावित महिलाहरुको शक्तिको संगठनको रुपमा २०५४ सालमा स्थापना भएको हो । थुप्रै अप्ठेरा र चुनौतीहरुको सामना गर्दै २०५७ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई विधिवत मान्यता प्राप्त गरेको हो र स्थापना कालदेखि नै शक्ति समुह मानव बेचबिखन विरुद्धको अभियानमा सक्रिय रहेको छ ।

सामाजिक लेखा परिक्षण कार्यक्रमको अध्यक्षता शक्ति समुहका संस्थापक सदस्य तथा वर्तमान अध्यक्ष श्री सुनिता दनुवारले गर्नुभएको थियो । कार्यक्रममा शक्ति समुहका कार्यकारी समितिका तर्फबाट श्वेता लामा (उपाध्यक्ष), सिता तामाङ्ग (कोषाध्यक्ष), केशाङ्ग तामाङ्ग (सदस्य) र रिना. वि.क (सदस्य) अतिथीका रुपमा रहनु भएको थियो । कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि संस्थाका उपाध्यक्ष श्री श्वेता लामाले प्रकाश पार्र्नुुभएको थियो । संस्थाले सञ्चालन गर्दै आएका अभियान तथा कार्यक्रमहरुलाई पारदर्शि ढगंले स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्मका सरोकारवाला निकायमाझ प्रस्तुत गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँले बताउनु भएको थियो । कार्यक्रममा शक्ति समुहका संस्थापक सदस्य तथा कार्यक्रम संयोजक श्री चरिमाया तामाङ्गले संस्थाले एक वर्षभरी सम्पन्न गरेका कार्यक्रमहरुको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जसमा उहाँले संस्थाको परिचय, आर्थिक वर्ष २०७०÷७१ मा संस्थाले सम्पन्न गरेका कार्यक्रमहरु, उपलब्धीहरु, चुनौतिहरु तथा सिकाईहरुका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा संस्थाको लेखा परिक्षण प्रतिवेदन प्रस्तुती संस्थाका वित्त व्यवस्थापक श्री प्रकाश पाण्डेले गर्नुभएको थियो । प्रस्तुतीमा उहाँले आर्थिक वर्ष २०७०÷७१ मा संस्थाको आम्दानी र खर्च विवरण प्रस्तुत गर्नुभएको थियो ।

IMG_4425

कार्यक्रममा उपस्थित सहभागीहरुले संस्थाले गर्दै आएको कार्यको प्रशसा गर्दै आगामी दिनमा पनि सफलताका लागि शुभकामना दिनुभएको थियो । नेपालमा मानव बेचबिखन विरुद्धको अभियानमा शक्ति समुहले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको, मानव बेचबिखनबाट प्रभावितहरुको सहयोगका लागि संस्थाले अभिभावकत्वको जिम्मेवारी निर्वाह गर्दै आएको तथा प्रभावितको सामाजिक तथा कानुनी अधिकारका लागि सहजिकरण गरीरहेको र राज्यले गर्दै आएको कार्यमा सहयोगी संस्थाका रुपमा कार्य गर्दै आएकोमा संस्थालाई बधाई ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका साझेदार संस्था प्लानेट इन्फ्यान्टस ९एबिलभतभ भ्लाबलतक० का तर्फबाट श्री बिरबहादुर लामाले शक्ति समुहसँग ७ वर्षसम्म साझेदार संस्थाका रुपमा कार्यगर्दै आएको र यस क्रममा संस्थाबाट धेरै कुरा सिक्ने मौका पाएको बताउनुभयो । मानव बेचबिखन विरुद्ध शक्ति समुहको स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्मको सहभागीताले धेरै योगदान पु¥याएको र यसका लागि प्लानेट इन्फ्यान्टसले साझेदारका रुपमा कार्य गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

 

महानगरीय प्रहरी आयुक्त कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्र, सामुदायिक प्रहरी कार्यालय र प्रहरी प्रभाग कार्यालयका प्रतिनीधीहरुले शक्ति समुहले मानव बेचबिखनका मुद्दाहरुमा प्रभावकारी रुपले अनुसन्धान गर्न समय समयमा सुरक्षा निकायको क्षमता अभिबृद्धि गर्दै आएको, शक्ति समुहको समुदाय स्तरमा समेत सहभागीता रहेकोले समुदायमा मानिसहरु हराएको तथा कुनै समस्यामा परेको सुचना समेत प्राप्त हुने गरेकोले अनुसन्धानका लागि सहयोग भईरहेको जानकारी दिनुभयो । साथै आगामि दिनमा पनि सुचना प्रवाह गर्ने कार्यलाई निरन्तरता दिनका लागि उहाँहरुले अनुरोध गर्नुभएको थियो ।

IMG_7584

मकवानपुर जिल्लाका किशोरकिशोरी समुहका प्रतिनीधिले संस्थाले समुहका सदस्यहरुको क्षमता अभिबृद्धि गर्न सहजीकरण गरीरहेको र क्षमता अभिबृद्धि पश्चात किशोरकिशोरी समुहहरु स्वयंको नेतृत्वमा समुदायमा सडक नाटकहरु प्रदर्शन गर्ने, साथीहरु तथा समुदायका व्यक्तिहरुसँग आफुले सिकेको कुराहरु छलफल गरी मानव बेचबिखन विरुद्ध सचेतना फैलाउने कार्यमा सक्रिय रहेको जानकारी दिनुभयो ।

सिन्धुपाल्चोक जिल्लाका बालकल्याण समितिका बाल अधिकार अधिकृत श्री बालकृष्ण बस्नेतले शक्ति समुहसँग जिल्लामा समन्वयमा काम भईरहेको । मानव बेचबिखनको जोखिममा रहेका बालबालिका तथा बेचबिखनमा परेका बालबालिकाहरुलाई जिल्ला बालकल्याण समितिले शक्ति समुहको पुनस्र्थापना केन्द्रमा रिफर गर्दै आएको जानकारी दिनुभयो । साथै उहाँले प्रस्तुतिमा सरोकारवाला निकायहरुले मानव बेचबिखन विरुद्धको अभियानमा कसरी संलग्न भए यस अभियान प्रभावकारी हुन्छ सो सुझाव पेश गर्न अनुरोध गर्नुभएको थियो ।

 

कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष श्री सुनिता दनुवारले स्थापना कालदेखि हाल सम्म निरन्तर सहयोग गर्ने संस्थाका शुभचिन्तकहरु, कार्यक्रममा आर्थिक तथा भावनात्मक रुपले सहयोग गर्ने साझेदारसंस्थाहरु, संस्थाले गर्दै आईरहेको कार्यको तथा मानव बेचबिखन विरुद्धका लेख तथा समाचार प्रकाशन तथा प्रशारण गरी सहयोग गर्ने संचारमाध्यम तथा सञ्चारकर्मीहरु, संस्थाका सदस्यहरु, कर्मचारीहरु सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । सामाजिक संगठनका रुपमा विस्तारित मानव बेचबिखनका अन्त्यका सबैको ऐक्यबद्धता र सहयोग आवश्यक भएकाले मानव बेचबिखन विरुद्धको अपराधको अन्त्य का लागि सबैलाई एकजुट हुन समेत अध्यक्ष दनुवारले आग्रह गर्नुभएको थियो ।

IMG_7618

प्रत्यक्ष रुपमा कार्य गर्दै आएका ११ वटा जिल्लाहरुका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधीहरु जसमा महिला तथा बालबालिका सेल, महिला तथा बालबालिका सेवा केन्द्र, सामुदायिक प्रहरी कार्यलय, जिल्ला बालकल्याण समितिका प्रतिनिधीहरु, मानव बेचबिखनबाट प्रभावितहरुको समुह तथा सञ्जालका सदस्यहरु, किशोरकिशोरी समुहका सदस्यहरु, संस्थाका शुभचिन्तकहरु, पत्रकार, संस्थाका सदस्य तथा कर्मचारीहरु गरी जम्मा ९१ जनाको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सदस्य श्री बालकुमारी रानाले र कार्यक्रममा छलफलको सहजीकरण मानव अधिकारकर्मी तथा अधिवक्त श्री विपिन गौतमले गर्नुभएको थियो ।