Slide background
Slide background
Slide background

Press Release

मिति ः २०७१ श्रावण २० गते

प्रेस–विज्ञप्ती

सिन्धुपाल्चोक जिल्लाको माङ्खामा २०७१ श्रावण १७ गते बिहान २ बजे गएको पहिरोले ठूलो धनजनको क्षति भएकोमा शक्ति समूहको गम्भिर ध्यानाकर्षण भएको छ । पहिरोमा परि मारिनेहरुमध्ये ३३ जनाको शव फेला परेको र हराइरहेकाहरुको खोजी तथा उद्दार कार्य जारी रहेको गृह मन्त्रालयले सार्वजनिक गरेको छ । तथापि स्थानीय बासिन्दाहरुका अनुसार करिब एक सयभन्दा बढी मानिसहरु पहिरोमा परी हराइरहेका छन् । पहिरोले सुनकोसी नदिलाई थुन्दा बस्ती डुबानमा परेकाले सयौं मानिसहरु विस्थापित भएका छन् । यस्तो अवस्थामा घाइतेहरुको तत्काल उपचारको व्यवस्था मिलाउन, हराइरहेकाहरुको खोजि कार्यलाई तिव्रता दिन, थुनिएको नदीलाई क्षति नहुने गरी पहिले कै अवस्थामा फर्काउन र डुबानमा परेका, घाइते भएका तथा मृत्य भएका परिवारलाई तत्काल राहतको व्यवस्था गर्न र विस्थापितहरुको उपयुक्त बसोबासको व्यवस्था तत्काल मिलाउन शक्ति समूह नेपाल सरकारसमक्ष आग्रह गर्दछ । यस्तो अप्ठेरो परिस्थितिमा पिडितहरुलाई खाद्यान्न, नगद, मानवीय वा कुनै पनि प्रकारको सहयोग उपलब्ध गराइदिनुहुन सम्पूर्ण नागरिक संगठनहरुलाई अपिल गर्दछौँ । उक्त प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।

 

……………………
सुनिता दनुवार
अध्यक्ष
शक्ति समूह