Slide background
Slide background
Slide background

Shakti Samuha submitted the memorandum to Ministry

शक्ति समुहले बेपता पारिएका ८ जना नेपाली किशोरीहरुको खोजी तथा स्वदेश फिर्तिको लागि गरिएको ध्यानाकर्षण पत्र आज महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा बुझाएको छ । पछिल्लो दुःखद उदाहरण नयाँ दिल्लीस्थित संस्कार आश्रमबाट ८जना किशोरीहरु बेपत्ता भएका छन् । करीव डेढ वर्षअघि कोठीबाट उद्दार गरिएका १६ जना नेपाली चेलीहरुमध्ये ९ जना दिल्लीस्थित संस्कार आश्रममा थिए । स्वदेश फिर्ति गराउने नेपाल सरकारको ठोस नीति र पहल नहुनाले नै उनीहरुलाई स्वेदश फर्काउने हाम्रो प्रयास सफल हुन सकेको थिएन । उद्दार हुँदा १८ वर्षमुनीका ती किशोरीहरु यसबीचमा १८ वर्ष पुगेपछि दिल्लीकै अदालतमा मुद्दा चलिरहेको थियो । उनीहरुको स्वदेश फिर्ति गराउनका लागि शक्ति समूहले यहाँबाट आवश्यक पहल गरिरहेकोमा गत डिसेम्बर १ देखि अचानक ८ जना किशोरीहरु संस्कार आश्रमबाट रहस्यमय ढंगले बेपत्ता पारिएका छन् । बेचबिखनमा परि उद्दार गरिएकाहरुलाई स्वदेशफिर्ती सम्बन्धी नीति नभएको कारण यो दुःखद र कलंकपूर्ण घटना हुन पुगेको छ । बेलैमा आवश्यक नीति नियम नबनाउँदा नेपाली महिला तथा किशोरीहरु उद्दारपछि पनि बेचिने खतरामा रहेको यथार्थ शक्ति समुहले पटक पटक सरकारलाई बताउँदै आइरहेको छ । उनीहरुको खोजीका लागि संयन्त्र परिचालन गर्न हामी नेपाल सरकार समक्ष ध्यानाकर्षण सहित शक्ति समुहल माग गरेको छ ।