Slide background
Slide background
Slide background

बालबालिकामाथि हुने व्यवसायिक यौन शोषणविरुद्ध अभियान

बालबालिकामाथि हुने व्यवसायिक यौन शोषणविरुद्ध अभियान 

शक्ति समूहले मानव बेचबिखन तथा बालबालिकामाथि हुने व्यवसायिक यौन शोषणविरुद्ध अभियान सुरु गरेको छ । सप्ताहव्यापी यो अभियान अन्तर्गत उपत्यकाका बिभिन्न मुख्य चेकहरूमा चेतनामुलक जानकारी लेखिएका व्यानर¸ पम्प्लेट र चित्रसहित प्रर्दशन गर्ने र यी जानकारी वितरण गर्ने रहेको छ ।

आज नयाँ बषपार्क गंगवुमा विहान ११ बजेदेखि ३ बजेसम्म यो अभियान गरिँदैछ । यसअघि हिजो ललितपुरको लगनखेलमा गरिएको थियो । दैनिक ५ घण्टा गरिने छ ।

यो प्रर्दशन भक्तपुरको सुर्यविनायक¸ कमलविनायक र काठमाडौंको नयाँ बानेश्वरमा पनि गरिने शक्तिसमूहले जनाएको छ । मानव बेचबिखन तथा बालबालिकामाथि हुने व्यवसायिक यौन शोषणविरुद्ध हस्ताक्षर पनि संकलन गरिएको छ ।

प्रकाशित मितिः २०७२ पुस ७ गते मङ्गलवार

http://mahilakhabar.com/?p=9397