• Call Us Now

    01-4578117, Toll Free No. 1660-01-11117
  • Our Address

    Kathmandu-4, Sukedhara, Bagmati province, Nepal

Press Release on “2015 Asia Democracy and Human Rights Award”

home-plan

मितिः २०७२ मंसिर २४ गते

प्रेश विज्ञप्ति

शक्ति समूहकी अध्यक्ष तथा संस्थापक सुनिता दनुवार ताईवान फाउण्डेशन फर डेमोक्रेशी (Taiwan Foundation for Democracy) द्धारा आज मिति १० डिसेम्बर, २०१५ अर्थात् २४ मंसिर, २०७२ का दिन अन्र्तराष्ट्रिय मानव अधिकार दिवशका अवसरमा ताइवानको ताईपेईमा एशिया लोकतन्त्र र मानव अधिकार अवार्ड (Asia Democracy and Human Rights Award-2015) द्धारा सम्मानित हुनु भएको कुरा यहाँ समक्ष जानकारी गराउन पाउँदा शक्ति समूह परिवार गौरवान्वित भएको छ । साथै यस सम्मान प्राप्त गर्नुभएकोमा शक्ति समूहकी संस्थापक सदस्य तथा वर्तमान अध्यक्ष, श्री सुनिता दनुवार ज्यूलाई शक्ति समूह परिवार हार्दिक बधाई ज्ञापन गर्न चाहन्छ ।

लोकतन्त्रका लागि ताईवान फाउण्डेशन (Taiwan Foundation for Democracy) द्धारा एसियामा मानव अधिकार तथा लोकतन्त्रको सवालमा महत्वपूर्ण योगदान पु¥याउने कुनै एक व्यक्ति वा संस्थालाई हरेक वर्ष वितरण गरिँदै आएको उक्त अवार्ड यस वर्ष शक्ति समूहका संस्थापक सदस्य तथा अध्यक्ष, श्री सुनिता दनुवारले पाउनुभएको हो ।

मानव बेचबिखन विरुद्ध सुनिता दनुवारको निरन्तर संघर्ष, साहस, नेतृत्वलाई सम्मान गर्दै उक्त संस्थाले दिएको अन्तर्राष्ट्रिय अवार्ड नेपालमा चलिरहेको बेचबिखन विरुद्धको अभियानमा कोशेढुंगा हो । मानव अधिकार क्षेत्रको अभियन्ताको रुपमा मानव बेचबिखन विरुद्धको अभियानलाई निरन्तर दिन फाउण्डेशनद्धारा सम्मान स्वरुप १ लाख अमेरिकी डलर प्रदान गरिएको छ ।

यस अवार्डले सम्पूर्ण शक्ति समूह परिवारलाई नै मानव बेचबिखन विरुद्धका अभियानमा दत्तचित्त भई डटेर निरन्तरता दिनका लागि थप हौसला प्रदान गरेको छ । अन्त्यमा फेरी पनि शक्ति समूहको सम्पूर्ण परिवारको तर्फबाट श्री सुनिता दनुवार ज्यूलाई हार्दिक बधाई व्यक्त गर्न चाहन्छौं । शक्ति समूहलाई यस अवस्था पुरयाउनका लागि साथ दिनुहुने प्रभावित सदस्यहरु, कार्यसमिति सदस्यहरु, सल्लाहकार समिति, कर्मचारीहरु, दातृ निकाय तथा सम्पुर्ण सरोकारवालाहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।

……………………..
सचिव
दिल कुमारी राई
शक्ति समूह