• Call Us Now

    01-4578117, Toll Free No. 1660-01-11117
  • Our Address

    Kathmandu-4, Sukedhara, Bagmati province, Nepal

Press Release of Awareness Campaign Against Human Trafficking and CSEC

home-plan

मिति २०७२ पुष ७

प्रेश विज्ञप्ति

मानव बेचबिखन तथा बालबालिका माथि हुने व्यवसायीक यौन शोषण विरुद्ध अभियान

शक्ति समुहले मानव बेचबिखन तथा बालबालिका माथि हुने व्यवसायीक यौन शोषण विरुद्ध अभियान शुरु गरेको छ । यो अभियान मिति २०७२ पुष ६ गतेदेखि पुष १० गते सम्म काठमाडौ, भक्तपुर तथा ललितपुरका विभिन्न स्थानहरुमा सञ्चालन भईरहेको छ । मानव अधिकार आयोगद्धारा प्रकाशित २०१३ को प्रतिवेदन अनुसार २९ हजार व्यक्ति मानव बेचबिखनबाट प्रभावित रहेको र ति मध्ये १३ हजार व्यक्ति मानव बेचबिखनमा परेको पाईएको छ । जसमा ५० प्रतिशत भन्दा बढी १६ वर्ष मुनिका बालबालिका रहेका छन् । यद्यपी मानव बेचबिखनको केश दर्ता संख्या हेर्ने हो भने नेपाल प्रहरीको आर्थिक वर्ष २०७०÷७१ को केश दर्ता तथ्याकं अनुसार १८५ वटा केश मात्र दर्ता भएको पाईन्छ ।

महान्याधीवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन जेष्ठ २०७१ का अनुसार २४ प्रतिशत बेचबिखनको प्रभावित १६ वर्ष मुनिका, ४१ प्रतिशत १६ देखि १८ वर्ष उमेर समुहका र २४ प्रतिशत १८ वर्ष माथिको रहेको पाईन्छ । जसले के देखाउँछ भने ६५ प्रतिशत मानव बेचबिखनका प्रभावित बालबालिका हुने गरेका छन् । विनाशकारी भुकम्पका कारण मानव बेचबिखनको जोखिमता झनै बढेर गएको छ । पुन निर्माणको कार्यान्वयनमा भएको ढिलासुस्तीका कारण भुकम्पबाट प्रभावितहरु हाल सम्म पनि अस्थायी टहरामा बसोबास गर्न बाध्य छन् । बालबालिकाहरु उचित शिक्षा तथा स्वास्थ्यको अधिकारबाट बञ्चित भएका छन् । साथै समुदायको स्थानीय स्तरमा आयआर्जनको व्यवस्थित योजना नहुँदा समेत मानव बेचबिखनको जोखिमता बढेको छ । शक्ति समुहले भुकम्प प्रभावित जिल्लाहरुमा रोकथामका कार्यक्रम संचालन गर्ने क्रममा नोभेम्बर २०१५ सम्म गरेकोे तथ्याकं संकलन अनुसार मात्र पनि १६७८ बालबालिकाहरु उच्च जोखिममा रहेको पाईएको छ । साथै जिल्ला बाल कल्याण समितिको नेतृत्व तथा शक्ति समुह लगायत अन्य संस्थाहरुको समन्वयमा सिन्धुपाल्चोकको बन्देउमा सञ्चालित बाल संरक्षण तथा सुचना डेस्कबाट भुकम्पपश्चात् सेम्टेम्बर, २०१५ सम्ममा ५९ बालबालिकाहरु हुन सक्ने जोखिमबाट रोकिएका (Intercept) छन् । यी सबै तथ्यहरुले मानव बेचबिखनको उच्च जोखिमता रहेको तर जनचेतनाको कमी, प्रभावितहरुको न्यायमा पहुँचको कमी, कानुन सम्बन्धि जानकारीको अभावका कारण पनि घटना दर्तामा कमी भएको हुनसक्दछ । यसर्थ जनमानसमा मानव बेचबिखन तथा बालबालिका माथि हुने व्यवसायीक यौन शोषण विरुद्ध जनचेतना जगाई यसबाट संरक्षण गर्ने उद्देश्यले शक्ति समुहले यस जनचेतनामुलक अभियानको शुरुवात गरेको हो ।

शक्ति समुह मानव बेचबिखनबाट प्रभावितहरुद्धारा स्थापित विश्वकै पहिलो संस्था हो । यस संस्थाले मानव बेचबिखन विरुद्ध रोकथाम, संरक्षण, प्रभावितहरुको क्षमता अभिबृद्धि, कानुनी सहयोग तथा प्रभावितहरुको अधिकार सुनिश्चिताका लागि स्थापना कालदेखि नै पैरवी गर्दै आएको छ ।

धन्यवाद ।

सुनिता दनुवार
अध्यक्ष

शक्ति समूह