• Call Us Now

    01-4578117, Toll Free No. 1660-01-11117
  • Our Address

    Kathmandu-4, Sukedhara, Bagmati province, Nepal

New Executive Committee of Shakti Samuha

home-plan

प्रेश सामाग्री:

मानव बेचविखनबाट प्रभावितद्वारा स्थापित तथा सञ्चालित विश्वको पहिलो संस्था शक्ति समूह आफ्नो स्थापना काल देखिनै बेचविखनन बिरुद्धको अभियानमा निरन्तर क्रियासील छ ।

शक्ति समूहले २७ र २८ डिसेम्बर २०१५ (पौष १२ र १३) मा आफ्नो १५औं बार्षीक साधारण सभा तथा आठौंं महाधिवेसन सम्पन्न गरीसकेको छ । सुशासन जवाफदेहिता र लोकतन्त्रलाई सम्मान गर्दै आयोजीत साधारण सभाले शक्ति समूहको पुरानो कार्यसमितिलाई बिगठन गर्दै नयाँ कार्यसमिति चयन गरेकोछ । नवगठीत ७ जना सदस्य रहेको उक्त कार्यसमितीमा अध्यक्ष बालकुमारी रानामगर, उपाधक्ष्य दिलकुमारी राई, सचिव रिना बिक(क), कोषाधक्ष्य रिना बिक (ख) र सदस्यहहरुमा सुनमाया ब्लोन, डल्लि नेपाली, छली रुम्बा रहनुभएको छ ।

शक्ति समूह सन् १९९६ देखि बिभिन्न चुनौति र आयामहरुलाई पार गर्दै अहिलेको अवस्थामा आईपुगेको हो । हिजोका दिनमा राज्य पक्षको वेवास्ताका बावजुद पनि निरन्तर संघर्षशील शक्ति समूहको आफ्नो मेहनतको परिणाम सन् २००७ मा आईपुग्दा नेपाल सरकारले शक्ति समूहलाई सम्मान प्रदान ग¥यो । सन् २०१३ मा एसियाकै नोवेल पुरस्कार मानिने ¥यामोन म्यागासेसे पुरस्कार, सन् २०१४ मा फ्रेन्च रिपव्लिक ह्युमन राईटस पुरस्कार तथा अन्य राष्टिय पुरस्कार मात्र हैन संस्थाको संस्थापक सदस्य तथा निवर्तमान अध्यक्ष सुनिता दनुवारले सन २०१४मा प्राप्त गरेको सि टेन पुरस्कार, वुमन लिडरसिप अचिभमेन्ट पुरस्कार तथा सन् २०१५मा प्राप्त गरेको एसिया डेमोक्रेसी ह्युमन राईटस अवार्ड साथै संस्थाका संस्थापक सदस्य तथा बर्तमान कार्यक्रम संयोजक चरीमाया तामाङले सन् २०११ मा प्राप्त गर्नुभएको आधुनिक दासत्व अन्तका लागि कार्यरत नायक पुरस्कार तथा सम्मानले शक्ति समूहको कार्यलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचान दिएकोछ । शक्ति समूहले रोकथाम अन्तर्गत २२ वटा बेचविखन प्रभावितको समूह तथा ७३ वटा किशोरकिशोरी समुह गठन तथा परिचालन गरिरहेकोेछ । सन २००९ देखी हाल सम्म १०० जना भन्दा बढि प्रभावितलाई स्वदेस फिर्ती गराउन सफल भएकोछ । शक्ति समूहले ४ वटा सुरक्षित आवास गृह मार्फत हाल सम्म ६५३ जना भन्दा बढि प्रभावितलाई संरक्षण प्रदान गरीसकेकोछ र हाल ५४ जना सेवाग्राहीले शक्ति समुहको आवास सेवा लिईरहेका छन् ।

शतिm समूहका निवर्तमान अध्यक्ष सुनिता दनुवारले शक्ति समूहले लोकतान्त्रीक अभ्यासलाई अवलम्बन गरिरहेको र यसैको उदाहरणका रुपमा साधारण सभा, महाधिवेसन र नयाँ कार्यसमिति रहेको जानकारी दिनुभयो । वहाले बर्तमान अध्यक्ष बालकुमारी राना तथा नयाँ कार्यसमिती समिती पधादिकारीलाई बधाई तथा सुभकामना प्रदान गर्दै आफ्नो सिकाई नयाँ नेतृत्वमा हस्तानतरण गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
शक्ति समूहका नवनिर्वाचित अध्यक्ष श्री बालकुमारी रानाले यति उचाईमा पुगेको संस्थालाई सम्हाल्दै लैजानु कम चुनौतिपुर्ण नरहेको बताउनुहुदै प्रभावित सदस्य, कार्यसमिती, सल्लाहकार समिती, कर्मचारी साथीहरु, मिडिया, दातृनिकाय तथा सम्पुर्ण सरोकारवाला निकायहरुमा आगामिदिनमा थप सहयोगको अपेक्षा समेत गर्नुभयो ।

शक्ति समूहले रोकथाम, संरक्षण (स्वदेस फिर्ती, पुर्नस्थापना तथा पुर्नमिलन), क्षमता अभिवृद्धि, कानुनी सहयोग तथा लविपैरवी जस्ता मानव बेचविखनका बिभिन्न सवालहरुमा केन्द्रित भएर कार्य गर्दै आईरहेको छ । नेपालका ११जिल्लामा प्रतक्षरुपमा कार्य गर्दै आईरहेको शक्ति समूहले गत बैशाख १२गते गएको विनासकारी भुकम्प पश्चात जोखिम रहेका जिल्लाहरुमा कार्य बिस्तार गरी हाल २१ जिल्लामा कार्य गर्दै आईरहेको छ ।
शक्ति समूहको नयाँ नेतृत्वले भोलि पौष १४ गते सामाजिक लेखा परिक्षणको कार्यक्रमको आयोजना गरेको छ ।