शक्ति समुहको संस्थापक सदस्य तथा वर्तमान अध्यक्ष श्री सुनिता दनुवार वल्र्ड वुमन लिडरसिप कंग्रेस अवार्डवाट सम्मानित हुनुभएको छ ।
बिभिन्न विधामा सफलता हातपारेका र नेतृत्व तहमा रहेका विश्वका एक सय विस महिलाहरुलाई प्रदान गरिएको उक्त अवार्ड सामुहिकरुपमा सुनिताले पनि पाएकि हुन । वल्र्ड वुमन लिडरसिप कंग्रेस अवाडर्, वल्र्ड सिएसआर कांग्रेसको रणनैतिक साझेदार हो । आज (बान्द्रा) मुम्वईमा आयोजित उक्त कार्यक्रममा अवार्ड कार्यक्रम तथा प्यानल छलफल कार्यक्रमको परिचय दिदै उक्त फाउण्डेसन तथा वल्र्ड सिएसआर डे का संस्थापक डा. आर.एल. भाटियाले कार्यक्रमकोे सञ्चालन गरेका थिए । नेपाल,भारत, बंगालादेस, अफगानिस्तान, केन्या, मलेसिया, ईन्डोनेसिया, हंङ्गकङ्ग लगायतका विभिन्न देसका सफल महिला हरुले उक्त अवार्ड प्राप्त गरेका छन ।