• Call Us Now

    01-4578117, Toll Free No. 1660-01-11117
  • Our Address

    Kathmandu-4, Sukedhara, Bagmati province, Nepal

Interaction Program on Effective Reintegration of survivor of human trafficking/Violence

home-plan

मानव बेचबिखन तथा हिंसा प्रभावितको प्रभावकारी पुनर्मिलनमा हाम्रो भुमिका विषयक अन्तक्रिया कार्यक्रम

घर शान्ति नै विश्व शान्तिको आधारः महिला हिंसा विरुद्ध शून्य सहिष्णुता कायम गरौं भन्ने नाराका साथ लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान मनाईरहने क्रममा नै महिला तथा बालबालिकाहरु विभिन्न किसीमका हिंसाबाट प्रताडित हुनु परेको भनाई अधिकारकर्मीहरुले उठाएका छन् । आज मिति २)७१ मंसिर १( गते शक्ति समूह र सल्भ नेपालले संयुक्त रुपमा आयोजना गरेको ूमानव बेचबिखन तथा हिंसा प्रभावितको प्रभावकारी पुनर्मिलनमा हाम्रो भुमिकाू विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले हिंसाबाट प्रभावितहरुलाई केहि समय पुनस्र्थापना सेवा उपलब्ध गराउने प्रावधान नेपाल सरकारको र संस्थाहरुको रहेता पनि प्रभावितको आर्थिक सशक्तिकरण र क्षमता अभिबृद्धि गर्ने कार्यक्रमहरुको कमी, पुनर्मिलन भएका प्रभावितहरुको अनुगमन नहुनु, राज्य प्रभावितको दिगो जीविकोपार्जनका लगि उत्तरदायी नहुनु र संघसंस्थाबिच नै हुने अस्वस्थ्य प्रतिस्पर्धाका कारण प्रभावितहरु समुदायमा पुनर्मिलन हुनु नसकिरहेको विचार व्यक्त गरेका छन् । यस्तै गरि कतिपय अवस्थामा पुनर्मिलन भए भनिएका प्रभावितहरु समेत पुन मानव बेचबिखनको उच्च जोखिममा रहेका, प्रभावितका परिवारहरु समुदायमा विस्तापित हुनु परेका उदाहरणहरु समेत सहभागीहरुले राखेका थिए ।

शक्ति समुह र सल्भ नेपालले संयुक्त रुपमा आयोजना गरेको उक्त कायक्रममा शक्ति समुहको नाटक टोलिले नाटक प्रस्तुत गर्दै कार्यक्रमको शुरुवात भएको थियो । नाटकमा विशेषत पारिवारीक रुपमा हुने झैझगडाले कसरी बालबालिका तथा महिलाहरु बेचबिखनमा पर्ने गर्छन भन्ने विषयलाई प्रस्तुत गरिएको थियो । कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका महिला विकास अधिकृत शोभा खरेल, महिला तथा बालबालिका बेचबिखन विरुद्धको सहकर्मी समुह (एटविन) प्रतिनिधी शारदा रिजाल, महिला सेलका प्रतिनिधी प्रहरी नायव निरिक्षक लाल कुमारी खडका, ललितपुर जिल्लाका महिला विकास कार्यालय प्रतिनिधी इन्दिरा पोखरेल अतिथिका रुपमा रहनु भएको थियो । कार्यक्रममा मानव बेचबिखनबाट प्रभावितहरु तथा हिंसा प्रभावितहरुको प्रभावकारी पुनर्मिलनका समस्या तथा चुनौति विषयमा कार्यपत्र शक्ति समुहका अध्यक्ष सुनिता दनुवारले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शक्ति समुहका अनुगमन तथा मूल्याकंन संयोजक संजिता तिम्सिनाले गर्नुभएको थियो ।