बेचबिखन प्रभावित महिला तथा बाल बालिकाको सुरक्षित स्वेच्छिक तथा अर्थपुर्ण स्वदेश फिर्ती प्रकृयाका लागि क्रस बोर्डर वर्कसप रुपन्देहि भैरहवामा सम्पन्न।।।।
बेचबिखन प्रभावित बालबालिका तथा महिलाको सुरक्षित, स्वेच्छिक तथा अर्थपुर्ण स्वदेश फिर्ती प्रकृयाका लागि नेपालको रुपेन्देहि जिल्ला तथा भारत को उत्तर प्रदेसमा कार्यरत सरोकारवाला निकायहरु बिच एकदिने क्रस बोर्डर कार्यसाला सुक्रवार सम्पन्न भएको छ । शक्ति समूहको आयोजना तथा जेनेभा ग्लोवल फाउण्डेसनको सहयोगमा उक्त कार्यसाला भएको हो ।
शक्ति समुहका अध्यक्ष सुनिता दनुवार को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि रुपन्देहि जिल्ला प्रमुख जिल्ला अधिकारी तोयम रायमाझि, स्थानिय बिकास अधिकारी विश्व प्रकाश अर्याल, प्रहरी उपरिक्षक राजेन्द्र ढकाल, महिला तथा बालबालिका कार्यलय प्रतिनिधि लगायतका सरकारी निकाय प्रतिनिधि तथा माईति नेपाल, पौरखि नेपाल, टाईनि ह्याण्डस, थ्रिएन्जल्स लगायतका बिभिन्न गैरसरकारी निकायका प्रतिनिधि तथा स्थानिय पत्रकारको सक्रिय सहभागिता रहेको थियो । त्यसैगरि कार्यक्रममा भारत उत्तर प्रदेशका गैर सरकारी संस्था गुडिया, आंगन तथा ग्रामिण नियोजन केन्द्रका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रायमाझिले बेचबिखन जस्तो मानविय क्षेत्रमा सबैलाई एकजुट भएर लाग्न आग्रह गर्नुहुदै आफुले सक्दो सहयोग गर्ने समेत बताउनु भयो । कार्यक्रममा नेपालि तथा भारतिय संस्थाहरुले बेचबिखन प्रभावितलाई स्वदेश फिर्ती गराउने गरिएका प्रयास तथा चलनचल्तिका बारेमा साटासाट गरेका थिए । कार्यक्रममा स्वागत तथा उदेश्यबारे प्रकास पार्दै अध्यक्ष दनुवारले सुनौलि बेलैया नाकाबाट सन २०१० देखि १९ जना प्रभावितलाई स्वदेश फिर्ती गराएको स्मरण गर्नुहुदै सरकारी अफ्ट्यारा तथा स्वदेस फिर्ती सम्वन्धि विशिष्ट प्रोटोकोल को अभावमा कार्यमा कठिनाई भैरहेको पनि ब्यक्त गर्नु भयो । वहाले प्रभावितका हर मुद्धामा शक्ति समूह प्रभावितका लागि भन्दा पनि प्रभावित संग काम गर्ने भएकाले स्वदेश फिर्ती प्रकृया औपचारिकता मात्र नभएर यस पछि प्रभावितको पुनस्थापना तथा पुनर्मिलनमा अझ महत्वका साथ लागि पर्ने बताउनुभयो र कार्यक्रममा मात्र नभएर व्यवहारमा समेत बेचबिखन बिरुद्धको अभियानमा आफ्ना तर्फबाट अझ शसक्तरुपमा लाग्न आग्रह समेत गर्नुभयो ।
एटविनका कार्यक्रम संयोजक बेनुमाया गुरुंगले सहजिकरण गर्नु भएको कार्यसालामा सहभागिहरुले प्रभावितको सुरक्षित स्वेच्छिक तथा अर्थपुर्ण स्वदेश फिर्तीका लागि आईपरेका चुनौति, कठिनाई, सुझाव तथा कार्ययोजना समेत प्रस्तुत गरिएको थियो । शक्ति समूहका कानुन तथा तालिम संयोजक दिलिप कोईरालाले कानुनि कठिनाईका बिषयमा जानकारी गराउनु भएको थियो, प्रभा भटराईले स्वदेस फिर्ती का बिषयमा भैरहेका प्रयास र अफ्ट्याराका बिषयमा एक सामाग्रि प्रस्तुत गर्नु भयो भने कार्यक्रमलाई आशिष दुलालले सञ्चालन गनुभएको थियो ।
आगामि दिनमा नेपालि सरोकारवाला संगै भारतिय संघ संस्था संग अझ समन्वय विस्तार गर्दै स्वदेस फिर्ती सम्वन्धि दुई संस्था बिच संझौता गर्दै लगिने पनि निष्कर्ष निकालिएको छ ।