• Call Us Now

    01-4578117, Toll Free No. 1660-01-11117
  • Our Address

    Kathmandu-4, Sukedhara, Bagmati province, Nepal

1st International Anti Human Trafficking Day

home-plan

प्रेश विज्ञप्ति

 

२०१३ डिसेम्बरमा संयुक्त राष्ट्र संघ साधारणसभाले ३० जुलाईलाई मानव बेचबिखन विरुद्धको विश्व दिवसको रुपमा मनाउने फैसला ग¥यो । यो मिति घोषणा गरिनुका पछाडि २०१०, जुलाई ३० मा संयुक्त राष्ट संघ विश्व कार्ययोजनामा पहिलोपटक मानव बेचबिखन विरुद्ध विश्वव्यापी र व्यापक दस्तावेज पारित भएको थियो, मानव बेचबिखनलाई न्युनिकरण गर्न संयुक्त राष्ट संघका महासचिव वान की मुनले विकासलाई बढावा दिन तथा संसारभरी सुरक्षा व्यवस्था बलियो बनाउनु पर्ने भन्दै हामी सबैले मानवको आत्मसम्मान विरुद्धको भयानक अपराधलाई तत्काल रोक्न कदम चाल्नुपर्ने उल्लेख गर्नुभएको छ ।

यु.एन.ओ.डि.सि.ले गरेको एक अनुसन्धानले विश्वमा करिव ७९ प्रतिशत बेचबिखन यौन शोषणको प्रयोजनमा हुने गरेको देखाएको छ । वर्षेनी ६ लाख देखि ८ लाख महिला, पुरुष तथा बालबालिका बेचबिखनमा पर्ने गरेको एक तथ्यांकले देखाएको छ । झण्डै २१ मिलियन मानिसहरु जवरजस्ति श्रमको सिकार भैरहेका छन् भने नेपालबाट पनि वर्षेनि ८ देखि १२ हजार बेचबिखनमा पर्ने गरेको २००२ को आई.एल.ओ. को तथ्यांकले जनाएको छ ।

मानव बेचबिखन सम्बन्धि व्यवस्थित प्रोटोकलको अभाव, मानव बेचबिखनका नयाँ स्वरुपहरु थपिँदै जानुु, असमान विकास जस्ता कारक तत्वले गर्दा आज पनि मानव बेचबिखन विश्वकै दोश्रो ठुलो अन्र्तराष्ट्रिय अपराधको रुपमा बढिरहेको छ । विश्वले नै पहिलो पटक मानव बेचबिखन विरुद्ध विश्व दिवस मनाउने तयारी गरिरहे पनि मानव बेचबिखन जस्तो गम्भिर अपराधलाई रोक्न यस्तो मुद्धालाई राजनैतिक रुपमा उठान गरिनुपर्दछ । शक्ति समुह मानव बेचबिखन प्रभावित महिलाहरुद्वारा स्थापित तथा संचालित विश्वकै पहिलो संस्था हो र बेचबिखन विरुद्धको विश्व दिवसको अवसरमा मानव बेचबिखन विरुद्ध विश्वव्यापी रुपमा अघि बढ्न सरकारी, गैरसरकारी संघ–संस्था, नागरिक समाज, पत्रकार सबैमा अनुरोध गर्दछौ ।

 

 

…………………
सुनिता दनुवार
अध्यक्ष
शक्ति समुह