• Call Us Now

    01-4578117, Toll Free No. 1660-01-11117
  • Our Address

    Kathmandu-4, Sukedhara, Bagmati province, Nepal

ध्यानाकर्षण गरिएको बारे ।

home-plan

शक्ति समुह मानब बेचबिखन प्रभाविहरुद्वारा सन् १९९६ मा स्थापित तथा सञ्चालित बिश्वको पहिलो संस्थाको रुपमा परिचित संस्था हो । यस संस्थाले स्थापनाकालदेखि नै मानब बेचबिखन बिरुद्धको अभियान सञ्चालन गर्दै आइरहेको छ । यस संस्थाले मानब बेचबिखन बिरुद्धमा पुरयाएको योगदानको कदर स्वरुप राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बिभिन्न रुपमा सम्मानित हुने अवसर समेत प्राप्त गरिसकेको छ ।
यसै सिलसिलामा शक्ति समुहले मानब बेचबिखनबाट प्रभावित तथा यसको उच्च जोखिममा रहेका महिला तथा किशोरीहरुको शसक्तिकरण, संगठित, संरक्षण जस्ता क्रियाकलाप समेत सञ्चालन गरिरहेको अवस्थामा यस संस्थाको क्षेत्रिय कार्यालय मकवानपुर स्थित रहेर मानब बेचबिखन बिरुद्धको अभियान सञ्चालन गर्नैक्रममा नाम परिवर्तित ३१( ०७४÷०७५–१) को बादि नेपाल सरकारको प्रतिवादि सिंहराम रुम्वा भनने दिनेश रुम्वा भएका जवरजस्ति मुद्धामा पिडक सिंहराम भन्ने दिनेश रुम्वा हाल पुर्पक्षको लागि मकवानपुर जिल्ला अदालतको आदेशमा मकवानपुर भिमफेदी काराघारमा थुनामा रहेको अवस्थामा बिपक्षलाई सहयोग पुरयाउने सलाम सिंह बम्जोनले उक्त मुद्धा प्रभावित पारी बिपक्षलाई छुटाउनका लागि पिडित पक्षलार्य प्रलोभनमा पारी, साक्षिलाई किन साक्षि बसेको भनी धम्की दिने , मोवाइलमा रेकर्ड गरी धम्क्याउने जस्ता कार्य गरेकोले यस संस्था माफर्त मकवानपुर जिल्लामा कार्यरत क्षेत्रिय संयोजक श्री अस्मिता तामाङले उक्त बिचाराधिन अवस्थामा रहेको मुद्धालाई प्रभावित बनाई पिडकलाई नछुटाउनहुनका लागि अनुरोध गरेको कारण नीज अस्मिता तामाङलाई सार्वजनिक स्थलमा अपशब्द बोली गालि गलौज र हातपात गर्ने प्रयास गरिएकोले उक्त क्रियाकलाप गरेको शक्ति समुह घोर भत्र्सना गर्दछ । साथै शक्ति समुह मानब बेचबिखन बिरुद्धमा कार्यरत सरकारी तथा गैरसरकारी निकायहरुलाई मानब बेचबिखन बिरुद्धको अभियानमा दलाल तथा अन्य बिपक्षिहरुबाट आउने डर, त्रास, प्रलोभन जस्ता घृणित कार्यको बिरोध जनाउदँै मानब बेचबिखन बिरुद्धको अभियानमा एक्यवद्धताको लागि हार्दिक अपिल गर्दछ । साथै सम्वन्धित निकायलाइ उक्त आपराधिक व्यक्तिलाई कारवाही गरी मानब अधिकारकर्मी श्री अस्मिता तामाङको संरक्षणको प्रत्याभुती दिलाउनका लागि शक्ति समुह ध्यानाकर्षण गर्दछ ।

बलकुमारी राना
अध्यक्ष
शक्ति समुह